Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनसरीकोबाट १ सय १६ के.जी. गाँजा नियन्त्रणमा

१४ सोमबार , श्रावण २०८१३ महिना अगाडि

सुनसरीकोबाट १ सय १६ के.जी. गाँजा नियन्त्रणमा

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–९ बबिया चोकबाट साउन १३ गते सशस्त्र प्रहरीले करीव १ सय १६ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरु धनकुटा जिल्लाको साघुँरीगढी गाउँपालिका–१ बुढीमोरङ्ग बस्ने ३२ वर्षिय राम कुमार राई र २२ वर्षिय बुद्ध लिम्बु छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नंं. ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा सो गणबाट खटिएको सुरक्षा फौजले धनकुटाबाट प्रदेश नं. १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाईएको छ ।