Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पोखरामा स्कुल बस दुर्घटना, एकको मृत्यु

१४ सोमबार , श्रावण २०८१२ बर्ष अगाडि

पोखरामा स्कुल बस दुर्घटना, एकको मृत्यु

पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै २२ जना विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो ।  

बस दुर्घटनामा बसका सहचालक आरती विकको मृत्यु भएको बताईएको छ । ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो भने बसमा २२ विद्यार्थी र चालक र सहचालक गरी २४ जना सवार रहेका थिए ।

घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताईएको छ । घाइते भएका विद्यार्थीको अवस्था सामान्य रहेको बताईएको छ भने थप विवरण आउन बाँकी रहेको छ ।