Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दाजुको घाँटी काटियो, भाइ बेखबर

१४ सोमबार , श्रावण २०८१३ महिना अगाडि

दाजुको घाँटी काटियो, भाइ बेखबर

नवलपरासी पश्चिममा एक युवकको विभत्स हत्या भएको छ । पाल्हिनन्दन गाउँपालिका–५, हर्दी बस्ने २० वर्षीय रोशन भन्ने सूर्यकुमार बढईको विभत्स तरिकाले हत्या गरिएको हो ।

आज बिहान धारिलो हतियारले घाँटी काटिएको अवस्थामा उनी मृत फेला परेका हुन् । सूर्य गएराति आफ्नै कोठामा उनका भाइ १६ वर्षीय सन्दिपसँगै एउटै खाटमा सुतेको पाइएको छ ।

तर, सन्दिपले आफुले घटनाबारे केही थाहा नपाएको बताएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालको कमाण्डमा टोली खटिएको छ ।

मृतकको शवलाई पृथ्वीचन्द्र अस्पताल पठाएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।