Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

केन्द्रीय बैंकको प्रवक्तामा रामु पौडेल

१४ सोमबार , श्रावण २०८१२ बर्ष अगाडि

केन्द्रीय बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशकसमेत रहेका उनलाई आजदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘यस बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) रामु पौडेल मिति २०८१ साउन १४ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिनुभएको छ ।’

अर्थशास्त्रमा एमफील तथा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल राष्ट्र बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकसमेत हुन् ।