Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मलेसियामा नेपाली युवा सम्पर्कविहीन

१४ सोमबार , श्रावण २०८१२ बर्ष अगाडि

मलेसियामा नेपाली युवा सम्पर्कविहीन

वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका एक नेपाली युवक सम्पर्कविहीन भएका छन् । इलामको फाकफोकथुम गाउँपालिका–१, का डिसन लिम्बु सम्पर्कविहीन भएका हुन् ।

मलेसियास्थित चुनस्वीलुङ फार्ममा कार्यरत उनि एक वर्ष नपुग्दै एकाएक बेपत्ता भएका छन् । राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासद्धारा जारी सूचनामा उनलाई देखेमा दूतावासको हटलाइन नम्बर ०१६–२४७२७७७ मा फोन वा ह्वाट्एप गर्न आग्रह गरिएको छ ।

‘इलाम फाकफोकथुम गाउँपालिका–१, स्थायी निवासी श्याामलाल लिम्बुको छोरा डिसन लिम्बु मलेसियाको चुन स्वी लुङ फार्ममा श्रम गर्न आएको वर्ष दिन नपुग्दै २०८० कात्तिक ११ गतेबाट परिवार, साथीभाई र कम्पनीसँग सम्पर्कविहिन हुनुभएको छ,’ दूतावासको सूचनामा भनिएको छ, ‘उहाँको खोजी कार्यका लागि मलेसिया पुलिसमा समेत रिपोर्ट भइसकेकोले उहाँलाई कसैले देख्नु भएमा दूतावासको हटलाइन सम्पर्क नम्बर ०१६–२४७२७७७ मा ह्वाट्एप वा फोन गरेर जानकारी गराउन अनुरोध छ ।’