Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साउनको दोस्रो सोमबार शिवको महत्त्व र महिमा अझ बढी

१४ सोमबार , श्रावण २०८१३ महिना अगाडि

साउनको दोस्रो सोमबार शिवको महत्त्व र महिमा अझ बढी

हिन्दू धर्मावलम्बीहरुले साउन महिनाको सोमबारलाई बिशेष रुपमा शिवको व्रत बसी पूजाआजा गरि मनाउने धार्मिक परम्परा रहेको छ । सोहि अवसरमा आज साउन महिनाको दोस्रो सोमबार साउन कृष्ण पक्षको नवमी तिथि परेकाले शिवको महत्त्व र महिमा अझ बढी रहेको हो ।  

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन भएको र यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गर्दा पुण्य मिल्ने धर्मिक बिस्वास रहेको पाईन्छ । सोमबार शिवको व्रत सूर्य उदयसँगै सुरु हुने र सूर्य अस्ताएपछि ब्रत सकिन्छ ।

त्यसैगरी शिवको ब्रत सकेपछी बेलुकाको आरती सकेर ब्रतालुले खाने खाने गर्दछन । सोमबार दिउसो शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ भने साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर लगायत बिभिन्न स्थानको शिवालयमा ब्रतालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।  

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने धार्मिक विश्वास रहेको छ । त्यस्तै अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन समेत रहेको पाईन्छ ।