Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुर्खेतमा घरभित्र च्यापिएकी किशोरीको सकुशल उद्दार

१३ आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

सुर्खेतमा घरभित्र च्यापिएकी किशोरीको सकुशल उद्दार

सुर्खेतमा एक घरभित्र च्यापिएकी किशोरीको प्रहरीले उद्दार गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१३, करेखोला बस्ने खम्म बुढाकी छोरी १५ वर्षीया सुशिला बुढाको सकुशल उद्दार गरिएको हो ।

आज बिहान वर्षाका कारण खम्मको कच्ची घर भत्किँदा सुशिला घरभित्र च्यापिएकी थिइन् । लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनको उद्दार गरेको जनाइएको छ ।

उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।