Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दाहसंस्कार गरी गाडिएको शव सात दिनपछि निकालियो

१३ आइतबार , श्रावण २०८१३ महिना अगाडि

दाहसंस्कार गरी गाडिएको शव सात दिनपछि निकालियो

आत्महत्याबाट मृत्यु भएको भनी दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव प्रहरीले उत्खनन गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, भण्डारी गाउँ बस्ने ४५ वर्षीया रनमाया गुरुङ गत साउन ४ गते राति १० बजे आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटनापश्चात् मृतकका श्रीमान ४६ वर्षीय मारज गुरुङले रनमायाले आत्महत्या गरेको बताए । त्यसपछि स्थानीयसमेत भेला भई उक्त घटनालाई आत्महत्या नै भनी भोलिपल्ट जातीय परम्पराअनुसार शव जमिनमा गाडि सदगत गरिएको थियो ।  

तर, घटना शंकास्पद रहेको भन्दै माइतीपक्षले छानबिनका लागि निवेदन दिएकोले शव गाडिएको सात दिनपछि प्रहरीले उत्खनन गरेको जनाएको छ । मृतकका दाजु सुकपाल गुरुङले शव गाड्नुअघि खिचेको तस्बीरमा बहिनीको शरीरमा चोटपटकको दाग देखेपछि घटनाको छानबिनको माग गर्दै प्रहरी चौकी सौरपानीमा गत साउन १० गते निवेदन दिएका हुन् ।

सोहीअनुरुप जिल्ला प्रहरी कार्यालय गोरखा र मातहतबाट खटिएको टोलीले अस्ति लाश उत्खन्न गरी पोष्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित फरेन्सिक मेडिसिन विभाग पठाएको हो । अहिले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।