Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिमलताल त्रिशुलीमा हराएको बस खोजी कार्य रोक्ने तयारी

१३ आइतबार , श्रावण २०८१३ महिना अगाडि

सिमलताल त्रिशुलीमा हराएको बस खोजी कार्य रोक्ने तयारी

गत असार २८ गते चितवनको सिमलताल त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएपछी सुरु गरिएको खोजि कार्य रोक्न आज सरोकारवालाबीच छलफल सुरु भएको छ । दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिन पुग्दा समेत केहि यात्रु र बस नभेटिए पछी कार्य रोक्न लागिएको हो ।    

खोजि कार्यका लागि नेपाली र भारतीय टोलीको निरन्तरको प्रयास रहेपनि अझै ३७ जना यात्रु भेटिएका छैनन् । बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए भने बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको र ४ जनाको शव अझै सनाखत हुन नसकेको बताईएको छ ।

उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरिरहेका छन् ।

लगातार १६ दिनसम्म खोजी गर्दै आएका सुरक्षाकर्मीहरु आजित बनेका छन् । खोजीका लागि आएको भारतीय टोली पनि आज फर्किने तयारीमा रहेको र नेपाली टोलीले पनि आजदेखि खोजी कार्य रोक्ने लागेको बताईएको छ ।