Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गण्डकी प्रदेशमा सार्वजनिक यातायातका ठप्प

१३ आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

गण्डकी प्रदेशमा सार्वजनिक यातायातका ठप्प

गण्डकी प्रदेशमा यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात ठप्प पारेका छन् । प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा व्यवसायीहरुले यातायात ठप्प पारेका हुन् ।

प्रदेश सरकारले कार्यविधि ल्याउन लागेको भन्दै व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् । यसअघि व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई भेटेर व्यवसायीहरुले ध्यानाकर्षण समेत गराएका थिए ।