Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले सफाइ पाए

१३ आइतबार , श्रावण २०८१३ महिना अगाडि

मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले सफाइ पाए

युएईमा पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा पक्राउ परि जेल जीवन बिताई रहेका दुई जना नेपालीले सफाइ पाएका छन् । हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका उनीहरुले युएईको अदालतबाट सफाइ पाएका हुन् ।

पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा ओखलढुङ्गाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा पक्राउ परेका र उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार युएईको जेलबाट रिहा भएका हुन् ।

जेलबाट रिहा भएका श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएकाले युएईमै रहेको बताईएको छ । उनको कागजी प्रक्रिया पुरा भएपछि केही दिनभित्र नेपाल आउने बताईएको छ ।

यसअघि २०१९ जुन ३ तारिकका दिन नवलपरासीका बाबुराम आले मगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई युएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । नेपाल फर्किसकेका श्रेष्ठले आफूहरू निर्दोष हुँदा पनि जेल सजाय भोग्नुपरेको बताएका छन् ।

युएईको सारजाह जेलमा रहेका श्रेष्ठ र थापाको उद्धारका लागि नेपालमा अभियान चलाइएको थियो भने देश–विदेशबाट संकलित रकम पीडित परिवारलाई बुझाएपछि श्रेष्ठ र थापा जेलमुक्त भएका थिए ।