Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गोरखाको धार्चेमा पहिरो जाँदा पाँचजना बेपत्ता

१३ आइतबार , श्रावण २०८१३ महिना अगाडि

गोरखाको धार्चेमा पहिरो जाँदा पाँचजना बेपत्ता

लगातारको वर्षासंगै गोरखाको धार्चे गाउँपालिका-५ रिसामा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् । आज बिहान ३ बजेतिरको समयमा पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा पाँचजना बेपत्ता भएका हुन् ।

पहिरोमा परी दुईजना घाइते भएका छन् भने घटनबारे खबर प्राप्त हुनासा बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।

पहिरोले एउटा घर र एउटा कृषि फर्म पुरिएको उक्त स्थानमा हालसम्म बेपत्ता भएका र घाइते भएकाको पहिचान खुल्न नसकेको बताईएको छ ।

त्यसैगरी गए रातिदेखि परेको अविरल वर्षासँगैको पहिरोले डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

तनहुँतर्फ बेँसीसहर नगरपालिका-१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिएका छन् ।

पहिरोले सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवन जाने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेको बताईएको छ ।