Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नकर्मीको शोकमा सार्वजनिक बिदा

१३ आइतबार , श्रावण २०८१३ महिना अगाडि

नकर्मीको शोकमा सार्वजनिक बिदा

आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिइएको छ । कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको मृत्यु भएपछी उपत्यकाको सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । कीर्तिपुर प्रमुख नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए ।

विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।