Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लालबहादुरको लाल आतंक

११ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

लालबहादुरको लाल आतंक

बैशाख १५ गतेतिर बाँकेबाट खबर अायाे “तपाईंको श्रीमतीको जग्गामा राति ७-८ बजेको समय कसैले किल्ला ठाेकेकाे छ।” अाफ्नाे जग्गामा किन किल्ला ठाेकेकाे हाेला? मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हो। जग्गामा किल्ला ठाेकिएकाे जानकारी पाइसकेपछि त्यसको कारण खाेज्नै पर्याे। साेधखाेज गरियो। हाम्रो जग्गामा किल्ला ठाेक्ने मानिस कालिबहादुर शाही भएको प्रारम्भिक जानकारी सँगसँगै फाेन नम्बर प्राप्त भयो। मैले फाेन गरेर तपाईं कालिबहादुर शाही हो? भनेर साेधेँ। हो भन्ने स्विकाराेक्ति अायाे। वास्तवमा उहाँको नाम लालबहादुर शाह रहेछ। अाफ्नाे नाम लालबहादुर शाह भएको बताउनु भएन। मैले उहाँलाई एकतर्फी जग्गा नापजाँच नगर्न अनुरोध गरेँ र बीस दिनमा अाउने वचन दिएँ। उहाँलेे मेरो अनुरोध अस्विकार गर्दै भन्नुभयाे बाख्राले मैले लगाएको हजारौं मुल्यकाे जडिबुटी खाईदियाे। मेरो क्षति कसले ब्यहाेर्छ? मैले पुनः अनुरोध गरेँ: बीस दिन राेक्नु राम्रो कि बीस बर्षसम्म दुख पाउनु? म अाउँछु, त्यसपछि तपाईं लगायत सबै मिलेर नापजाँच गरेर अा-अाफ्नाे जग्गा छुट्याउँला, नापजाँच गर्दा लाग्ने खर्च म स्वयं ब्यहाेर्छु। यद्यपि उहाँलेे मान्नुभएकाे थिएन। यत्तिकैमा फाेन राखियो। मैले अाफ्नाे कार्यक्रम सारे र सपरिवार बाँके गएँ। उहाँलेे खजुरा गाउँ पालिकाका अमिन भीमसेन खड्कालाई बाेलाएर नापजाँच गर्नुभएकाे रहेछ। मेरो भाइ दिपकले उनै खड्कालाई बाेलायाे। हामी जग्गामा गयौं। अाफुलाई कालिबहादुर शाही भन्नेलाई म अाईसकेँ अाउनुहाेस् तपाईं कै मान्छेलाई जग्गा नाप्न बाेलाएका छाैं भनेर खबर गर्दा पनि अाएनन्। पटकपटक फाेन गर्न लगाएपछि झण्डै एक घण्टापछि अाए। उनी अाएकाे केहीबेरमा उनका माईला छाेरा अाए। उनका तिनजना छाेरा, एउटा छाेरी र एक श्रीमती रहेछन्। केहीबेर पछि सबैजना अाए। नापजाँच शुरु गर्नुअघि नै डरधम्की त्रास देखाउँदै निकै ठूलाठूला कुरा गर्न थाले। त जस्तो एकधुर पनि जग्गा नभएको सुकुम्बासीले जग्गा मिच्याे भन्ने ? म पक्का दस बिगाहा जग्गा सित्तैमा वितरण गरेको मान्छे हुँ। मेरो पहुँच केन्द्रसम्म छ। लगायतका अनेकौं कुरा गरे। मैले विनम्रतासाथ अनुरोध गर्दै भने वास्तवमा मेरो नाममा एकधुर जग्गा छैन। म किसानको छाेरा हुँ। हाम्रो काेही पनि तपाईंले भनेजस्तो ठूला मानिस छैनन्। न त तपाईंको छाेराकाे जस्तो गुण्डाकाे ग्याङ्ग छ। मेरो बुवाकाे नाममा रहेको जग्गा अहिलेसम्म मैले नामसारी गरेको छैन। तपाईं जती ठूलो भए पनि हामी एकैठाउँका सँधियार हाै, सँगसँगै मिलेर बस्नुपर्छ। मिलेर बस्दा तपाईं जस्तो ठूलो मानिसलाई झन् राम्रो हाेला। मिलेर शान्तिपूर्ण तरीकाले समस्या समाधान गर्दा तपाईंको उचाइ झन् बढ्छ। जग्गा नापजाँच गरेर शान्तिपूर्ण रुपले साँधसिमाना छुट्याउँ, भनियाे। उपस्थित छरछिमेकले पनि भनेपछि जग्गा नापजाँच शुरु भयो। नाप्ने क्रममा अाफुलाई कालिबहादुर भन्ने लालबहादुर शाहकाे जग्गा उत्तरतर्फ झण्डै दशमिटर सर्ने देखिएपछि अमिन भीमसेन खड्का र उनका छाेराहरुले नापजाँच गर्न राेके। लालबहादुरका माईला छाेराले हाम्रै अगाडि फाेन गरेर केही कानमा मुन्द्रा लगाएका र शरीरमा टाटु बनाएका देख्दै डरलाग्दा केही युवाहरू बाेलाएर मार्ने दुष्प्रयास गरे। उपस्थित धेरै मानिस भएकोले उनीहरूले केही गर्न सकेनन्। अमिनलाई ज्याला दिने कुरा अायाे। मैले ती भीमसेन खड्कालाई ज्याला स्वरूप तीनहजार सबैको सामु दिएँ। त्यो दिन यत्तिकैमा सकियो। फर्किनु अघि मैले निज लालबहादुरलाई भने म दस एघार दिन यतै बस्छु। यसबीचमा तपाईंले नापी ल्याउनु भयो भने जानकारी गराउनुहाेला, यदि यो बीचमा अमिन ल्याउनु भएन र म फर्केपछि अमिन ल्याउनु भयो भने मेरो भाइ दिपक अथवा खजुरा गाउँ पालिका प्रतिनिधि जुना पाेखरेल र सम्बन्धित सधियारकाे राेहबरमा नापजाँच गराउनुहाेला र नापजाँच गर्दा लाग्ने सबै खर्च म नै ब्यहाेर्ने छु। साथै सरकारी प्रक्रिया पुर्षाएर नापजाँच गरेमा हाम्रो पूरा सहमति हुनेछ, तर एक्लै नापजाँच गरेमा हाम्रो सहमति हुनेछैन भने र फर्किएँ।

म खजुरा जानुअघि हजारौंको जडिबुटी बाख्राले खायो पर्खिन सक्दैन भनेका उनलेे दस दिनसम्म बस्दासम्म पनि अमिन बाेलाएनन्। हामी काठमाडौं फर्किनुअघि खजुरा गाउँ पालिका वडा नम्बर ४ मा गत जेठ ४ गते “जग्गा अतिक्रमण राेकि पाउँ” विषयमा एउटा निवेदन दर्ता गराएर फर्किएको थिएँ। निवेदनमा हाम्रो अनुपस्थितिमा सरकारी प्रक्रिया पूरा गरेर नापजाँच गरेमा सहमति छ, उल्लेख गरेको थिएँ। म काठमाडौं फर्किएको दुई हप्तामा नापजाँच नगरीकन एक्कासी पर्खाल लगाएको जानकारी अायाे। निज लालबहादुरलाई फाेन गर्दा उहाँले भन्नुभयो: तपाईंको भाइको फाेन उठेन त्यही भएर मैले पर्खाल लगाएँ। मैले उहाँलाई यसअघि खजुरामा भनेको कुरा स्मरण गराउँदा पनि उहाँले तपाईंलाई चित्तबुझ्दैन भने नापी ल्षाउनुस, मुद्दा हाल्नुस् भन्नुभयो। म र मेरी श्रीमती विदेश भ्रमणमा रहेकोले धेरै कुरा हुन सकेन। विदेशबाट नफर्किदै भाइको छाेरा माेहितकाे घर चाेरी भएको खबर अायाे। छाेरा माेहित र उसको अामा त्यतातिर गए। हामी विदेशबाट फर्किएपछि पुनः अर्को कार्यक्रममा सहभागी हुन विदेश भ्रमणमा जानुपर्ने कार्यक्रम रहेकोले छाेरा विवेकलाई त्यता पठाइयाे, हामी जान सकेनौं। वडा कार्यालयमा पुगेर छाेरा विवेकले घटना बारे जानकारी गराउँदा दिएको निवेदन नभेटिएकाे बताइयो र पुनः अर्को निवेदन दिन भनियो। छाेरा विवेकले वडा कार्यालयले भनेअनुसार अर्को निवेदन दर्ता गराए। त्यसको केही दिनपछि मेलमिलाप समितिले छलफल डाक्याे। छाेरा विवेकले विनम्रतासाथ अनाधिकृत रुपमा जबर्जस्ती गैरकानुनी तरिकाले लगाइएको पर्खाल भत्काउनु पर्ने र लगत्तै सराेकारवाला सबैको सहमतिमा सरकारी प्रक्रिया पूरा गरि अमिन ल्याएर जग्गा छुट्याउनु पर्ने र लागेको सबै खर्च हामीले ब्यहाेर्छाै भनेर माग राखे। अहिले लालबहादुरले लगाएको पर्खाल पुनः नाप्दा साेही स्थानमा हुने देखिएमा हामीले पर्खाल लगाइदिने प्रतिबद्धता ब्यक्त गरे। समितिका पदाधिकारीले हाम्रो कुरा नसुनेर लालबहादुरकाे कुरालाई नै जाेड दिए। छलफल कै क्रममा लालबहादुरले जिल्ला अदालतमा हाम्रो विरुद्धमा मुद्दा दिएको दाबी गरे र पर्खाल भत्काएमा सिध्याइदिने धम्की दिए। मेलमिलापकर्ता कसैले पनि उनको अभद्र ब्यवहार र धम्कीको विषयमा बाेल्नै चाहेनन्। उनलाई पूरा समर्थन गरिरहे। हामी यस्तो ब्यवहार देखेर छक्क पर्याै। वास्तवमा यस्तो किन भयो? बुझ्दा थाहा भयो कि खजुरा गाउँ पालिका उपाध्यक्ष र मेलमिलाप समितिका संयाेजक रुद्रबहादुर शाही लगायत तीनजना लालबहादुरका नातेदार रहेछन्। त्यसैले लालबहादुर शाहले सुरुदेखि धम्कीको भाषा प्रयोग गर्ने गरेको र उनको माइला छाेराले फाेन गरेर गुण्डाहरु बाेलाएर मार्ने दुष्प्रयास गरेका रहेछन् स्पष्ट भयो। 

छाेरा विवेकले असार १४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा जीउ ज्यानको सुरक्षा गरिपाउँ भनेर निवेदन दर्ता गराए। जिल्ला प्रशासन कार्यालयले निवेदन साेही दिन खजुरा गाउँ पालिका पठाइदियाे। गाउँ पालिकाका कर्मचारीले त्यो निवेदन तीन दिनसम्म दर्ता गरेनन्। गाउँ पालिका उपाध्यक्ष मञ्जु मल्ललाई अनेकौं पटक अनुरोध गरेपछि मात्रै दर्ता भयो। निवेदन दर्ता भयो तर छलफलका लागि डाकिएन। पटकपटक विभिन्न माध्यमबाट अनुरोध गर्दा र छलफलमा नबाेलाइनुकाे जानकारी माग्दा लालबहादुर शाहलाई फुर्सद नभएको बताइयो। त्यसपछि पनि पटकपटक कार्वाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरियो। जवाफमा उपाध्यक्ष मल्लले लालबहादुरले जिल्ला अदालतमा मुद्दा दिएका छन् भन्नुभयो। हामीले कानुन ब्यवसायी मार्फत बुझ्दा हामी र हाम्रो परिवारकाे सदस्य विरुद्धमा कुनै मुद्दा दर्ता नभएको जानकारी पाईयाे। साेही अनुसार जानकारी गराइयो। त्यसपछि पनि धेरै दिनसम्म लालबहादुर शाहले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको दाबी गराइरहेका थिए। झण्डै एक महिना पुग्न लाग्दा पनि छलफल नडाकेपछि हामी अाक्राेशित भयौं र मैले उपाध्यक्ष मञ्जु मल्ललाई “नमस्ते ! गाउँ पालिकाकाे प्रमुख लालबहादुर शाह हुन कि तपाईंहरु हो? हरेकदिन उनलाई फुर्सद छैन भनेर हामीलाई कहिलेसम्म सताउन चाहानुभएकाे छ? अब त तपाईंहरुकाे नियतमाथि पनि शंका गर्नुपर्ने अवस्था सिर्जना भयो। कतै हामीले शंका गरेको जस्तो गाउँ पालिका नै हाम्रो विरुद्ध लागेको त छैन? तपाईंहरुकाे क्षमताले भ्याएसम्म सताउनुहाेस्, दु:ख दिनुहोस्। हाम्रो क्षमताले भ्याएसम्म सहनेछाैं। धन्यवाद,” लेखेर मेसेज पठाएँ।

साउन ९ गते १० बजे अाँफै अाउनु भनेकी उपाध्यक्ष मल्ल अाफुले बाेलाएकाे समयमा बुटवल गएकी रहिछन्। बाेलाएकाे समयमा गाउँ पालिका पुग्दा थाहा भयो कि अाज पनि लालबहादुर शाहलाई फुर्सद छैन रे, अनि उपाध्यक्ष मल्ल बादसाह कुर्मीकाे मन्त्री पदकाे सपथग्रहण कार्यक्रममा भाग लिन बुटवल गएकी छन् भन्ने जानकारी पाइयो। अति नै भयो भनेर गाउँ पालिका अध्यक्ष अथवा प्रमुख डम्बरबहादुर बिक तुफानलाई फाेन गरियो र अवस्थाबारे जानकारी गराइयो। उहाँले अाज छलफल छ भन्नुभयो। हामीले भन्यौं कि उपाध्यक्षकाे नातेदार भएकोले उहाँले हामीलाई सताइरहनु भएको छ, अाज लालबहादुरलाई फुर्सद छैन रे। त्यसैले अाज पनि छलफल हुँदैन भन्ने खबर अायाे, उपाध्यक्ष बुटवल जानुभएको छ रे। त्यसैले तपाईंले भनिदिनु पर्याे। त्यसपछि उहाँले म न्यायिक समितिलाई भन्छु त्यहाँबाट खबर अाउँछ भन्नुभयो। उहाँले भनेअनुसार फाेन अायाे। बाेलाइयाे। मेरा छाेरा सम्बन्धित ब्यक्ति र अभिभावक लिएर गए। गाउँ पालिकामा न्यायिक समितिका काेही पनि थिएनन्। एकघण्टा पर्खिएपछि अाए। तर, लालबहादुर शाह अाएनन्। धेरैबेर कुरेपछि अाफ्ना दुईजना छाेराका साथमा अाए। अाउँदा अाउँदै मेरा कान्छाबुवा झगबहादुर पाैडेल, मेरा छाेरा विवेक लगायतलाई धम्क्याउन थाले। सबैले प्रतिउत्तर दिएपछि मात्रै चुप लागे। वडा कार्यालयमा मेलमिलापकर्ताकाे संयाेजक ताेकिएका रुद्र बहादुर शाहीलाई नै न्यायिक समितिका प्रमुख बनाइएकाे रहेछ। छलफल शुरु भयो। हामीले दिएको निवेदनमाथि छलफल नै भएन। लालबहादुरले जेठ १७ गते जिल्ला प्रशासन कार्यालयमा “शान्ति सुरक्षा कायम गरि हक ईन्साफ दिलाई पाउ।” विषयमा निवेदन दिएका रहेछन्। निवेदनमा म, मेरो श्रीमती, छाेरा र भाइले… जग्गाको पश्चिमतर्फ अं. ९६५० व. मि. जग्गामा मैले लगाएको पर्खाल समेत जबर्जस्ती भत्काइ कब्जा खिचाैला गर्ने जमर्को गरेको, …जीउज्यान बेपत्ता पार्ने, मार्ने, डरधाक धम्की दिएको लगायत उल्लेख गरेका रहेछन्। उनलेे अाफ्नाे निवेदनमा तीनपटक सरकारी अमिन ल्षाएर जग्गा रेखांकन सहित जग्गाको साँधसिमाना छुट्याइ अाफ्नाे जग्गाभित्र पर्खाल लगाएको उल्लेख गरेका छन्। जबकि हामी काठमाडौंमा छाैं। हामी यता फर्किएपछि उनलेे पर्खाल लगाएका हुन। अाजकाे मितिसम्म उनलेे अनाधिकृत रुपमा जबर्जस्ती गैरकानुनी तरिकाले लगाइएको पर्खाल भत्किएको छैन। अहिलेसम्म पनि हामीले सम्बन्धित सबैलाई पहिला अनाधिकृत रुपमा जबर्जस्ती गैरकानुनी तरिकाले लगाइएको पर्खाल भत्काउनु पर्ने र त्यसपछि सरकारी प्रक्रिया पूरा गरि नापजाँच गराउने माग गरिरहेका छाै। यसका लागि लाग्ने सबै खर्च हामी ब्यहाेर्न तयार छाै। हाम्रो सधियारलाई हामी ब्ययभार थाेपर्न चाहँदैनौं। हामी उपस्थित हुँदा हाम्रा सधियारलाई असर पर्छभने सराेकारवाला र स्थानीय जनप्रतिनिधिको राेहबरमा गरेको नापजाँच पनि हामीलाई स्विकार्य छ, भनिरहेका छाै।

लालबहादुरले दिएको निवेदनमाथि हामीलाई विपक्षी बनाएर छलफल शुरु गरियो। हाम्रो निवेदनमा सुनुवाइ भएन। त्यही पनि हामीले छलफलमा भाग लियाैं। हाम्रो पक्षबाट एउटामात्र माग राखियो। “अनाधिकृत रुपमा जबर्जस्ती गैरकानुनी तरिकाले लगाइएको पर्खाल भत्काउनु पर्ने र लगत्तै सराेकारवाला सबैको सहमतिमा सरकारी प्रक्रिया पूरा गरि अमिन ल्याएर जग्गा छुट्याउनु पर्ने माग राखियाे।” हाम्रो पक्षबाट कुरा राख्दा रुद्रबहादुर शाही र अधिवक्ता भानु रिजालले बाेल्नै दिएनन्। एकपक्षीय ढंगले लालबहादुरकाे पक्षपोषण गरिरहे। भाइ दिपकले तपाईं पूर्वाग्रही भएको हामीलाई महशुस भयो, तपाईं काे हो? तपाईंको नाम के हो? साेध्दा उनलेे अाफ्नाे परिचय नै दिएनन्। लालबहादुर शाहले सबैको सामु पटकपटक भने कि मैले जिल्ला अदालतमा मुद्दा दिएको छु। अदालतमा दिएको मुद्दाको प्रति अथवा दर्ता नम्बर देखाउन अनुरोध गर्दा दिएनन्। उनलेे शुरुदेखि नै हाम्रो विरुद्धमा जिल्ला अदालतमा मुद्दा दिएको भनेर धम्क्याइरहेका छन्। यसपटक उनलेे अर्को रहस्याेद्घाटन गरे। झण्डै तीन हप्ता अगाडि लालबहादुर शाहको घरदेखि झण्डै एकसय मिटरको नजिकै उत्तरतर्फ रहेको मेरो भाइको छाेराकाे घरमा चाेरी भएको थियो। घरको सम्पूर्ण सामाग्री चाेरले चाेरी गरेर लगेको थियो। शंकास्पद केही मानिसको नाम किटान गरि स्थानीय धनाैलीकाे ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराइएको छ। अहिलेसम्म चाेरहरु पक्राउ परेका छैनन्। न्यायिक समितिकाे छलफलबाट बाहिर निस्किएपछि लालबहादुर शाहले भने म र मेरो छाेराहरु मिलेर त्यो घर चाेरी गराएको हो, के गर्न सक्छन् गर भने। गाउँ पालिकाकाे उपाध्यक्ष लगायतको साथ पाएर उनी कतिसम्म अहँकारी भएका छन् भन्ने उनको यो भनाइले पनि पुष्टि गर्छ। अन्ततः झण्डै डेढ घण्टा लामो वार्ता असहमति मै टुङ्गियाे। अब खजुरा गाउँ पालिकाले के गर्छ? हेर्न बाँकी छ।

घटनाको शुरुआत कसरी भयो ?
स्थानीय रनबहादुर थापाको नामकाे जग्गा झण्डै ५ बर्षअघि लालबहादुर शाहले किनेका रहेछन्। जग्गा किन्ने बेला सस्तो मुल्यमा पाएकाले उनलेे नापजाँच नगरीकन लिए। जग्गा बिक्रेता मेरो मामाका छाेरा हुन। हामी सबैको जग्गा अगाडि पहिलेको नक्सामा बाटो थियो। अहिलेकाे नयाँ नक्सामा जग्गा र बाटोका बीचमा १ मिटरदेखि ८-१० मिटरसम्म ऐलानी जग्गा देखिएको छ। जाे ऐलानी जग्गा हाम्रो अाफन्तकाे नाममा दर्ता छ र बर्षाैदेखि भाेगचलन गरिएको छ। लालबहादुर शाह साेही बाटो निर्माण समितिकाे अध्यक्ष भए। बाटो बनाउँदा उनको घरकाे पूर्वपट्टीकाे पर्खाल भत्किने भयो। उनलेे अाफ्नाे पर्खाल बचाउन बाटोलाई पूर्वपट्टी सारेर बनाए। त्योभन्दा अगाडि उनलेे बाटोकाे पूर्वपट्टी पनि मेरो जग्गा पर्छ भनेर धेरै पटक बाटोकाे पूर्वपट्टीकाे घरधनी बिन्द्रा शाहीलाई धम्काए। बिन्द्रा शाहीले प्रतिकार गरेपछि उनको पश्चिमपट्टि मेरो श्रीमतीको नामकाे जग्गातिर अाँखा लगाए। हामी काठमाडौंमा बस्ने। खुला सिमाना भएको जग्गा देखेपछि उनलेे त्यो कब्जा गर्ने योजना बनाउन थाले। लालबहादुर शाह अाफुलाई राप्रपाकाे नेता बताउँछन् र काम चाहिँ जग्गाको दलाली गर्ने गर्छन्। जग्गाको बारेमा राम्रो जानकारी भएका लालबहादुरले स्थानीय खजुरा गाउँ पालिकाका अमिन भीमसेन खड्कालाई बाेलाएर सल्लाह लिनुका साथै अनाधिकृत रुपमा गैरकानुनी ढंगबाट नापजाँच गराए। अमिन भीमसेन खड्काले अाफुलाई अार्थिक लाभ हुने देखे पछि उनलाई प्रक्रियाबाट अाउन नभनि हामीलाई जानकारी नदिएर सुटुक्क जग्गा नापजाँच गरे। एकातिर अाफ्नाे नातेदार उपाध्यक्ष, अर्कोतिर मेलमिलापकर्ताहरु नातेदार, अझ एउटा छाेरा लागूऔषध दुर्ब्यसनी, छाेराकाे दुर्बयसनी ग्याङ्ग। यति भएपछि उनीलाई छुने हिम्मत कसको? यसरी हामी माथि स्थानीय गाउँ पालिका उपाध्यक्ष लगायतको सहयोग र समर्थनमा ज्यादती भइरहेको छ।