Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

खाद्यद्धारा ३८ उद्योगविरुद्ध मुद्दा दायर

१० बिहिबार , श्रावण २०८१एक महिना अगाडि

खाद्यद्धारा ३८ उद्योगविरुद्ध मुद्दा दायर

गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले मुद्दा दायर गरेको छ । कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ पाईएकाले उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

कार्यालयले ७७ उद्योगको अनुगमनपछि सङ्कलन गरिएको नमूना परीक्षणबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेका पाइएको बताएको छ । खाद्य ऐन २०२३ बमोजिम दूषित र न्यूनस्तर खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यवसायलाई ५ वर्ष कैद वा ५० हजार जरिवाना अथवा दुवै सजाय हुने प्रावधान छ ।

यही साउन १९ गतेदेखि लागू हुने खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्नेलाई ५ वर्ष कैद वा ५ लाख जरिवाना अथवा दुवै सजाय हुने कडा प्रावधान ल्याएको छ ।

यसअघि कार्यालयले गत आर्थिक वर्षमा २१ वटा उजुरी सम्बोधन गरेको थियो । त्यसैगरी मसीयुक्त पत्रपत्रिकामा खानेकुरा नराख्न, मासुलगायत पकाएर खानुपर्ने परिकार, खाद्य पदार्थमा सेन्थेटिक रङको प्रयोग नगर्न, फलफूल पकाउन प्रतिबन्धित क्याल्सियम, कार्बोहाड्रेडको प्रयोग नगर्न पनि कार्यालयले आग्रह गर्दै आएको छ ।