Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सम्पर्कविहीन २९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह

१० बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

सम्पर्कविहीन २९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।  

कार्यालयले प्रहरी कर्मचारीहरु आफूखुसी गैर हाजिर रहेकाले खोजतलास गरि प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गर्दै सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।

आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम(१) को खण्ड (च)को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।