Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

डेढ दर्जन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधियो

१० बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

डेढ दर्जन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधियो

झन्डै डेढ दर्जन निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न १७ निर्माण कम्पनीलाई एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनमा स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरेको बताईएको छ ।

अनुगमन कार्यालयले तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।