Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

०९ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।

त्रिभुवन विमानस्थलमा दुर्घटना भएको जहाजमा आगो लागेको र अहिले निभाउन उद्धार टोली सक्रिय रहेको बताईएको छ । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको र जहाजको एउटा टुक्रा उछिट्टिएको छ ।

जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालन गरिएको छ भने अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र रहेका यात्रुहरू जोखिम रहेको र कति यात्रु छन् भन्ने नखुलेको बताईएको छ ।