Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

भ्रष्टलाई देश : युवाजति परदेश

०९ बुधबार , श्रावण २०८१एक महिना अगाडि

भ्रष्टलाई देश : युवाजति परदेश

नेपालको असली तस्वीर यस्तो छ
घर छ, घरभाडा पनि आउँछ । बाबुआमा र छोरो आफै पनि कमाउने छ । आइटी ब्याचलर पास छ । दाजु अष्ट्रेलिया गएको छ । अभाव छैन, जीवन चलेकै छ । यता माइलीदिदीको छोरी अष्ट्रेलिया अर्को हप्ता उड्दैछिन् । छोरोले कन्सन्ल्टेन्सीमार्फत अष्ट्रेलियाको भिसा झा¥यो । ऊ जाने तैयारीमा छ । २ हप्तापछि घरमा बाबुआमामात्रै हुनेछन् । सन्तान सबै बिदेशमा ।
एक पत्रकारले बताए, एक सफल संस्कृतविद् अमात्यको कथा । दुई छोरा अमेरिकामा, आमा छैनन्, बाबु गएको जेठ महिनामा बिते । छोराहरू तत्काल आउन पाएनन् । खबर पठाए, मिलाएर आउँछौं । बाबुको लाश अस्पतालको फ्रिजमा राखियो । मिलाउँदा मिलाउँदै मंसिर लाग्यो । बाबुको लाश सद्गत्का लागि ७ महिना अस्पतालको फ्रिजमा राखियो । बल्ल छोराहरू आए । सद्गत् गरियो । त्यसको २ महिनाभित्र सबै सम्पत्ति बेचेर छोराहरू बिदेशको घरतिर लागे ।
ज्ञानेश्वरका एक सम्पन्न परिवार । घरभाडा, पेन्सन मनञ आउँछ । आमा क्यान्सरले मरिन्, बाबु क्यान्सरसँग लड्दै छन् । दुई छोरा अमेरिकामा छन् । यता हेरबिचार गर्ने सन्तान छैनन् । तलवी सहयोगीहरूको भरमा छ जीवन यात्रा ।
सक्नेको कथा यस्तो छ । विदेश सन्तान गएका छैनन् भन्ने घर देख्नै छाडियो । कोह िकतार, साउदी, कोही जापान, अमेरिका, अष्ट्रेलिय वा अन्यत्र । पहाड र तराई सबैतिरको कथा यस्तै छ । सहर त सहरै भयो, दर्दनाक छ ।
किन यो अवस्था आयो ? यसबारेमा बहस हुनुपर्दैन ? कहाँ छ चेतना ? छ भने किन बोल्दैन, केही गर्दैन ?