Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

अनर्गल प्रचार गरिएकोमा विद्यालयको आपत्ति

०९ बुधबार , श्रावण २०८१एक महिना अगाडि

अनर्गल प्रचार गरिएकोमा विद्यालयको आपत्ति

विद्यालयको नामलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएपछि विद्यालयले आपत्ति जनाउदै कारबाहीको चेतावनी दिइएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–२, गजेडीस्थित गजेडी माध्यमिक विद्यालयले यस्तो चेतावनी दिएको हो ।

सामाजिक सञ्जालमा विद्यालयको बोर्डको फोटो राखी अन्यत्रका विद्यार्थीले चुरोट पिएको, गाँजा तानेकोजस्ता फोटो पोष्ट गरेर अनर्गल प्रचार गरिएकोमा विद्यालयले आपत्ति जनाएको हो । विद्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको विषयप्रति सिंगो विद्यालय परिवार घोर भत्र्सना गर्दछ ।’

नेपाली शब्दकोशअनुसार ‘गज’ को अर्थ ‘हात्ती’ र स्थानीय थारु भाषामा ‘गजेडी’ को अर्थ ‘हात्तीको बासस्थान’ भन्ने बुझिने भएकोले साविक गजेडी गाउँबाट स्कुलको नाम गजेडी राखिएको विद्यालयको भनाइ छ ।

तर, यस्ता वास्तविकता र ऐतिहासिक तथ्यलाई नबुझी विद्यालयको बदनाम गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ । विद्यालयले अब यस प्रकारका आपत्तिजनक क्रियाकलाप कँही कतैबाट भएमा कारबाहीका निम्ति सम्बन्धित निकायमा जाने बताएको छ ।

‘अब उपरान्त कँही कतैबाट कोही कसैले यस प्रकारका आपत्तिजनक क्रियाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानूनअनुसार कारबाही गर्नका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।