Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पहिरोको कारण देवीघाट–गल्छी सडक अवरुद्ध

०९ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

पहिरोको कारण देवीघाट–गल्छी सडक अवरुद्ध

निरन्तर अविरल वर्षासँगै खसेको पहिराले देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ । पहिरोको कारण गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको हो ।

उक्त सडक खण्डको चार ठाउमा खसेको पहिरोले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिएका छन् । चार ठाउँ मध्ये दुई ठाउमा पहिरो आएको र दुई ठाउमा सडक भासिएर आवागमन अवरुद्ध भएको बताइएको छ ।

वर्षासंगैको पहिरोले अवरुद्ध भएको उक्त सडक खण्ड खुलाउन केही समय लाग्ने पनि जिल्ला प्रहरी कार्यालयले बताएको छ ।