Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

हातहतियारको नवीकरण र नामसारी गर्दा प्राविधिक चेकजाँच

०८ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

हातहतियारको नवीकरण र नामसारी गर्दा प्राविधिक चेकजाँच

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हातहतियारको प्राविधिक चेकजाँच गर्ने भएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै इजाजतप्राप्त हातहतियार नवीकरण तथा नामसारीका लागि अनिवार्य रुपमा प्राविधिक चेकजाँच फाराम भर्नुपर्ने जनाएको हो ।

गृह मन्त्रालयले गत चैत २३ गते इजाजतपत्र प्राप्त व्यक्तिको उपस्थितिमा सावधानीपूर्वक इजाजतपत्रमा उल्लेख भएबमोजिमको हातहतियार भएको यकिन गरेर मात्र त्यस्ता हातहतियारको नवीकरण तथा नामसारी गर्न सबै सिडियो कार्यालयलाई निर्देशन दिएको थियो ।

मन्त्रालयको उक्त निर्देशन बमोजिम शान्तिसुरक्षालाई मध्यनजर गर्दै काठमाडौंबाट जारी भएका हातहतियारको नवीकरण वा नामसारी गर्दा प्राविधिक विवरण र हातहतियार रुजु यकिन गरेर मात्र नवीकरण गरिने जिल्ला सुरक्षा समितिबाट निर्णय भएको सिडियो कार्यालयले जनाएको छ ।

सूचनामा उल्लेख छ, ‘काठमाडौं जिल्लाबाट जारी भएका हातहतियारको नवीकरण वा नामसारी गर्दा प्राविधिक रुपमा विवरण र हातहतियार रुजु यकिन गरी मात्र कानूनबमोजिम नवीकरण गरिने भनी जिल्ला सुरक्षा समितिबाट निर्णय भएकोले हातहतियार नवीकरण वा नामसारी गर्न चाहने इजाजतपत्रवालाले हातहतियारको प्राविधिक चेकजाँच फाराम प्रमाणित गराई मात्र आउनुहुन जानकारी गराइन्छ ।’