Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

बीपी अस्पतालकी लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

०८ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

बीपी अस्पतालकी लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेकी छन् ।

औषधी आपूर्तिको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस बुझेपछि उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो । अमृतालाई हिजो साँझ ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

आयोगको हेटौंडाबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट डेढ लाख नगद र साढे चार लाख रुपैयाँ बरबरको चेकसहित भरतपुर महानगरपालिका–४, कटहर चोकबाट पक्रेको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।