Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य छैन

०८ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य छैन

गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जनाउदै स्थानीय तहहरूलाई परिपत्र गरेको छ । मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको भन्दै स्थानीय तहहरूलाई परिपत्र गरेको हो ।

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको सूचीकरण तथा नवीकरणमा अहिले राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको स्पष्ट पार्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत सामाजिक सुरक्षा शाखाले सम्बन्धित निकायमा जानकारी गराएको हो ।

यसअघि सरकारले असार १० गते देशभर प्राकृतिक विपद्लगायतले राष्ट्रिय परिचय पत्र बनाउन असहज भएकाले हाललाई सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको सूचीकरण तथा नवीकरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको शाखाले पत्रमार्फत जानकारी गराएको थियो ।