Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात

०८ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात

नेपालले एक वर्षको अवधिमा ४५ अर्ब बराबरको खाद्यान्न आयात गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को एक वर्षमा ४५ अर्ब बराबरको खाद्यान्न आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।  

विभागको तथ्यांक अनुसार नेपालले एक वर्षको अवधिमा ६ अर्बको बासमती चामल आयात गरेको छ । एक वर्षको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको बताईएको छ ।

यसरी आयात भएका अधिकांश खाद्य वस्तु भारतबाट आएका छन् भने भारतबाट मात्रै ४४ अर्ब बराबरको ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको देखिन्छ । नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिन्छ । गत आर्थिक वर्ष २०८०/०८१ मा भारत, चीन, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको थियो । उक्त खाद्यान्न आयात हुँदा २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ भने ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी १.५ मेट्रिक टन बराबर मैदा, पिठो, गहुँ लगायत खाद्यान्न आयात हुँदा नेपालले १९ अर्ब रुपैयाँ बराबर खर्च गरेको छ । सोही अवधिमा नेपालबाट १ करोड ५८ लाख बराबरको मात्रै खाद्यान्न निर्यात भएको विभागको तथ्यांकमा देखाइएको छ ।

एक वर्षको अवधिमा ४५ अर्ब बराबरको खाद्यान्न आयात हुँदा २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको पनि विभागको तथ्यांकले देखाएको छ ।