Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिक्किम घाती टिस्टामा तैरिएछन्

०८ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

सिक्किम घाती टिस्टामा तैरिएछन्

सिक्किम, आरसी पौडेल ७ तारिख नातेदार भेट्न जान्छु भएर गए, फर्केनन् । उनको शव १६ तारिख टिस्टा नदीमा तैरिएको अवस्थामा फेला परेछन् । राष्ट्रघातीको मरण कति दयनीय हुन्छ भन्ने दृष्टान्त लेण्डुपपछि पौडेल बन्नपुगे ।
नेपाली टोपी नछाड्ने उनको शब टोपीकै आधारमा चिनिएको थियो । १९७३ को प्रजातान्त्रिक सिक्किमका सकृय नेता पौडेल १९६५ मा राज्यारोहण गरेका चोग्याल पाल्देन थोनडुप नामग्यालको बिरोधमा थिए, जसलाई भारतले राम्रोसँग नचायो । तत्कालीन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले सैनिक हस्तक्षेप गराइन्, चुनावको नाटक पनि नचाइन् र अन्ततः १९७५ मा सिक्किमलाई भारतमा मिलाइदिइन् । स्मरणीय छ, १९७४ को चुनावमा सिक्किम कांग्रेसले ३२ मा ३१ सिट जितेको थियो, १ सिटमा आरसी पौडेलले जितेका थिए । त्यसपछि उनलाई सभामुख बनाइएको थियो । भारतको हस्तक्षेले देश पराधीन भयो, सिक्किमी सुनाखरी मुर्झायो । जनता एकोहोरिए, अगुवा एकोहोरो भइदिए, राजा हटाइदिए । देश सकियो ।
जनयुद्ध र जनआन्दोलन मिसाएर त्यही भारतले नेपाली नेता र जनता एकोहोराएर लोकतन्त्र ल्याइदियो, राजतन्त्र र हिन्दुराष्ट्रसमेत समाप्त पारिदियो । सिक्किम भारतमा बिलायो, नेपालको अस्तित्वमाथि भारतले धावा बोलिरहेको छ । चेतना छ जनतामा, नेता पनि चेतनशील छन् तर दासका पनि दासजस्ता लाग्छन् । लोकतन्त्रवादी भनिने नेतृत्व र बिबेकहीन भएका बुद्धिजीवीहरू आरसी, लेण्डुपभन्दा भिन्न छैनन् ।