Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्र बैंकले ३० करोड थान नयाँ नोट छाप्दै

०६ आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

राष्ट्र बैंकले ३० करोड थान नयाँ नोट छाप्दै

नेपाल राष्ट्र बैंकले  ३० करोड थान १०० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । बैंकले नयाँ नोट छाप्न एक सूचना जारी गर्दै नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।

सूचनाअनुसार केन्द्रीय बैंकबाट गत २९ अक्टोबर, २०२१ मा जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको छ । योग्य आवेदनले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्ने सुचनामा बताईएको छ ।

राष्ट्र बैंक मुद्रण विभागका अनुसार योग्य छनोटमा परेका आवेदकले धितोको रूपमा २ करोड ७५ लाख रुपैयाँ राख्नुपर्ने र २०२४ सेप्टेम्बर ४ तारिकका दिन दिनको १२ बजेसम्म आवेदन दिन सक्नेछन् । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरि ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।