
यस वर्ष असार २८ गतेदेखि सुरु भएको मनसुनजन्य विपत्तिमा परेर साउन ५ गतेसम्ममा १ सय २८ जनाले ज्यान गुमाएका छन् । २०८१ जेठ २८ गतेदेखि साउन ५ गतेसम्मको उक्त अवधिमा १ सय ४३ जना घाइते भएका छन् ।
४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्जन्य दुर्घटनामा परि १ सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।
बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी गराएका छन् ।
बाढी पहिरोले १ सय ८२ घर डुबानमा परेका छन् भने २ सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको बताईएको छ । त्यस्तै ५ सय ८९ वटा पशुचौपाय मरेका छन् भने विपद्का घटनाबाट ३ हजार ७ सय ७९ घरपरिवार विस्थापित भएको बताईएको छ ।


