Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

आज पूर्णिमा, गुरुकाे सम्मान भाव प्रकट गरी मनाइँदै

०६ आइतबार , श्रावण २०८१२ महिना अगाडि

आज पूर्णिमा, गुरुकाे सम्मान भाव प्रकट गरी मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरूपूर्णिमाकाे अवसरमा गुरूहरू प्रति सम्मान पुर्वक भाव प्रकट गरी मनाइने गरिन्छ । यस दिनलाई गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनमा भाव पुर्वक सम्मान गरी मनाउने गरिएकाे हाे ।
   
अन्धकारबाट प्रकाश तर्फकाे उज्जयालाे बाटाे देखाउने भएकाले गुरूहरूकाे महत्वपूृण भुमिका हुने गरेकाे बताइन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा समेत उल्लेख गरिएको पाइन्छ ।

हाम्रो शास्त्रले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको र बुबा आमाजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भन्ने गरेकाे छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकाे पाइन्छ ।

त्यस्तै आजकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्तीको रूपमा समेत मनाउने गरिएकाे छ । यस दिनलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाउने गरिएकाे हाे ।