Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

संघीय अस्पतालहरुलाई तत्काल विस्तारित सेवा शुरु गर्न निर्देशन

०४ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

संघीय अस्पतालहरुलाई तत्काल विस्तारित सेवा शुरु गर्न निर्देशन

संघीय अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल विस्तारित सेवा शुरु गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र शुरु गर्न भनेको हो ।

‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरुले विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र शुरु गर्न र सो सेवा सञ्चालन गरेपश्चात मन्त्रालयलाई जानकारी गराउन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुप्याउन २०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित समयबाहेक अतिरिक्त समयमा समेत सेवा प्रदान गर्ने गरी ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि’ जारी गरेको थियो ।

कार्यविधिमा मन्त्रालयको निर्देशनमा पहिलो चरणमा संघीय सरकारी अस्पताल र त्यसपछि प्रदेश तथा स्थानीय तहले आफ्नो मातहतका अस्पतालमा कार्यक्रम सञ्चालन गर्ने भनिएपनि संघीय अस्पतालहरुमै यो कार्यान्वयन हुन सकेको थिएन ।

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहणको समयमा एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो । सोहीबमोजिम मन्त्रालयले उपचारका लागि अस्पतालमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न नियमित समयबाहेक अन्य समयमा समेत सेवा प्रवाहका लागि विस्तारित सेवा लागू गर्न निर्देश गरेको हो ।