Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिराेले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा क्षति

०४ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

पहिराेले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा क्षति

अविरल वर्षासंगैकाे पहिराेले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा क्षति पुगेकाे छ । बिहीबार रातिकाे पहिरोले वडा नं ५ तापेथोक स्थित पालिका भवनमा क्षति पुगेकाे हाे ।

पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्‍याएको बताइएकाे छ । 

लेदाे सहितकाे पहिराे भाडामा रहेको पालिका भवनसहित अन्य दुई वटा घरमा पसेकाे र बालीनालीमा समेत क्षेति पुगेकाे वडा नं ५ का वडा अध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् ।

त्यस्तै गए रातिकाे वर्षासंगैकाे पहिरोले तापेथोक हुँदै लेलेप-ओलाङचुङगोला जोड्ने सडक पनि अवरुद्ध भएको छ । राति अबेरसम्म परेकाे अविरल वर्षाका कारण पहिराे खसेकाे हाे । 

यसअघि फक्ताङलुङ गाउँपालिका–२ मा गत जेठ ३१ गते राति गएको पहिरोले एकै घरका ४ जनाको मृत्यु भएको थियो ।