Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

देशकाे विभिन्न भु-भागमा अति भारी वर्षा, सचेत रहन विभागकाे आग्रह

०४ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

देशकाे विभिन्न भु-भागमा अति भारी वर्षा, सचेत रहन विभागकाे आग्रह

पछिल्लाे २४ घण्टामा देशकाे विभिन्न भु-भागमा अति भारी वर्षा भएकाे छ । सिन्धुपाल्चाेक, चितवन र पाल्पामा अति भारी वर्षा भएकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार पछिल्लो चौबिस घण्टामा चितवनको गोविन्दवस्ती, पाल्पाको बल्ड्याङगढी र सिन्धुपाल्चोकको ढुंगेमा अति भारी वर्षा मापन भएको बताइएकाे छ । गोविन्दवस्तीमा २१८ मिलिमिटर, पाल्पाको बल्ड्याङगढीमा १२८.६ मिलिमिटर र सिन्धुपाल्चोकको ढुंगेमा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ ।

निरन्तर भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको बताइएकाे छ । जलसतहले सतर्कता तह पार गरेपछि नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुंगे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको र उक्त क्षेत्र भएर बग्ने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

विभागले अति भारी वर्षा भएका स्थानहरूमा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएकाले विभागले तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्म सतर्कता अपनाउन  आग्रह गरेकाे छ ।