Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुमीद्धारा उत्पादित ओफिन गुणस्तरहीन

०४ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

सुमीद्धारा उत्पादित ओफिन गुणस्तरहीन

नवलपरासीको सुमी फर्मास्युटिकल्सद्धारा उत्पादित औषधीको बेचबिखनमा रोक लगाएको छ । औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा न्यून गुणस्तरको पाइएपछि किनबेचमा रोक लगाएको हो ।

विभागले एक सूचना प्रकाशित गर्दै सुमी फर्मास्युटिकल्सद्धारा उत्पादित ब्याच नम्बर ०–२३ को ओफिन ट्याबलेट गुणस्तरहीन रहेको जनाएको छ । सूचनामा उल्लेख छ, ‘उक्त ब्याच नम्बरको औषधी न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरिएको छ ।’

उक्त औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिँदै विभागले सोको विवरण पेश गर्न पनि सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई जानकारी गराएको छ । साथै, उक्त औषधीको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न समेत अनुरोध गरिएको छ ।