Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रिय सभागृह परिसर डुबानमा

०३ बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

राष्ट्रिय सभागृह परिसर डुबानमा

संघीय राजधानी काठमाडौँमा अवस्थित राष्ट्रिय सभागृह परिसर डुबानमा परेको छ । सभागृह परिसरमा पानीको निकासको राम्रो व्यवस्था नभएको र गएरातिको अविरल वर्षाका कारण परिसर डुबानमा परेको हो  ।    

गएरातिको वर्षाले डुबानमा परेपछी अहिले दुईवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको बताईएको छ । डुबानमा परेपछी सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ.एम, नगर प्रहरी सुरक्षा कक्ष समेत डुबानमा परेको छ ।

वर्षाको समयमा घण्टाघर,रत्नपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गरेकोमा यस वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ ।

डुबानमा परेको राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय समेत रहेको छ ।