Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गोरखा बेनिघाट–आरुघाट सडक अवरुद्ध

०३ बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

गोरखा बेनिघाट–आरुघाट सडक अवरुद्ध

निरन्तरको अविरल वर्षासंगै आएको बाढीले डाइभर्सन पुलमा क्षति पुर्‍याएपछि गोरखाको बेनिघाट–आरुघाट सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको ज्यादुल खोलामा रहेको  डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको हो ।

गोरखाको भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बाढीले बगाएको र हाल उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको बताईएको छ ।

उक्त डाइभर्सन पुल निर्माण भएको एक वर्ष पनि पुरा भएको छैन भने भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ बगाएको र पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात ठप्प भएको छ । 

यातायातका साधन नचल्दा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सकेको छैन भने सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न पनि समस्या भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् ।