Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

एक वर्षमा झन्डै साढे सात लाख युवा विदेशिए

०३ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

एक वर्षमा झन्डै साढे सात लाख युवा विदेशिए

आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा झन्डै साढे सात लाख युवा विदेशिएका छन् । वैदेशिक रोजगारमा नयाँ र पुनः श्रम स्वीकृति लिएर उक्त संख्यामा युवाहरु विदेशिएका हुन् ।

एक वर्षको अवधिमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । यसअघिको आर्थिक वर्ष २०७९/८० को तुलनामा यो संख्या थोरैले कम भएको विभागले बताएको छ ।

२०७९/८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार उक्त संख्या नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको हो ।

अहिले मलेसियाले आप्रवासी श्रमिकको भर्नामा रोक लगाउँदा यो संख्यामा कमी आएको विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिएका छन् । विभागका सुवेदीले मलेसियाले सन् २०२३ को मार्च महिनादेखि विदेशी कामदारको भर्नामा रोक लगाएको बताएका छन् ।