Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दियालो बंगला दरबार खुला भयो

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

दियालो बंगला दरबार खुला भयो

चितवन, भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला गरिएको छ । विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा जनताले अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । यो दरवार खुला भएपछि चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेकोमा अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रूपमा परिचय बनाउन सबफल भएको प्रचार गरिएको छ ।
यो दरवार खुला भएपछि पर्यटकका लागि चितवन महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रूपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको नगरप्रमुखले बताएका छन् ।
नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरूको जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरेका छन् । भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।