Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दीपा र मातृका पुरस्कृत

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

दीपा र मातृका पुरस्कृत

मातृका दाहाल र दीपा दाहाललाई ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ दिने निर्णय भएको छ । यो पुरस्कार अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित ‘भ्रष्टाचार विरूद्ध’को अभियन्तालाई दिइने गरिएको छ ।
मातृका दाहाल भ्रष्टाचार विरूद्ध लेख्ने कान्तिपुरकर्मी हुन् । उकालो डटकमकी दीपा दाहाल पनि भ्रष्टाचारविरूद्ध निडर पत्रकारिता गर्ने पत्रकार हुन् ।
अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनमा सक्रिय छ । यहीमध्येको पुरस्कार पत्रकार द्वयलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष राधेश्याम लेकालीले उल्लेख गरेका छन् । पत्रकार मातृका दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण, बालमन्दिर जग्गा अपचलन प्रकरण, पशुपतिनाथ जलहरी हिनामिना प्रकरण, सहकारी बचत अपचलन प्रकरण, नेपाल प्रहरीको हतियार खरिदमा भएको अनियमितता, पतञ्जली जग्गा अपचलन प्रकरण, राष्ट्रिय परिचयपत्र प्रकरण, नवलपरासीको रामग्रामको १ सय २० बिघा जग्गा हिनामिना प्रकरण चर्चित अनियमिततता तथा घोटालाका प्रकरणहरूको खुलासा गरेर चर्चित बनेका थिए ।
यसैगरी पत्रकार दीपा दाहालले बालमन्दिर जग्गा अपचलन तथा नेपाल बाल संगठनको बालगृहबाट बालबालिका बेचबिखन प्रकरण, बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरण, विमानस्थल निर्माण प्रकरण, चिया विकास निगम जग्गा प्रकरण, खानेपानी प्रकरण र जुद्दोदय स्कुल प्रकरण जस्ता भ्रष्टाचार विरूद्धमा समाचार सम्प्रेषण गरेकी थिइन् ।
शिक्षा, वातावरण, स्वास्थ, वैदेशिक मामिला, महिला सशक्तीकरण र राजनीति लगायतका विषयमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार दीपा दाहाल सुशासन, जनचासो र समसामयिक विषयमा केन्द्रीत पत्रकारिता गर्ने गर्छिन् । दाहालले नीतिगत भ्रष्टाचार र यसबाट देशलाई भएको अहितका विषयमा खोज पत्रकारितामा विशेष दख्खल राख्छिन् ।
हेम– सरिता पाठक फाउन्डेसनबाट एक लाखको “भ्रष्टाचार विरूद्धको कविता प्रतियोगिता २०८१’को उत्कृष्ट पच्चीस र एक लाखको “हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ को लागि भ्रष्टाचार “विरूद्धको गीत प्रतियोगिता“को नतिजा घोषणा भइसकेका छ । 
यस्तै प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ । यसैगरी  प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ । समाजसेवा गरिरहेको छ ।