Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

‘स्मृति र अनुभूति’मा जे देखियो

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

‘स्मृति र अनुभूति’मा जे देखियो

एकजना इतिहासविद, प्राध्यापक, बुद्धिजीवी, चेतनशील व्यक्तिले देशको स्थिति परिस्थिति, कानुनव्यवस्था, समतमूलक समाज सिर्जनाका विषयमा कस्तो अनुभूति गर्छन्, यसको सटिक प्रमाण प्राडा. सुरेन्द्र केसीद्वारा लिखित ‘स्मृति र अनुभूति’ पुस्तकको लोकार्पण कार्यक्रम हुनपुगेको छ ।
स्थापित इतिहासविद् तथा युट्यूवमा सबैभन्दा देखिने, सुनिने चर्चित विश्लेषक प्रा. डा. सुरेन्द्र के.सी. को ‘स्मृति र अनुभूति’ लोकार्पित भएको छ । लोकार्पण गरेकी थिइन्– सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले । कार्यक्रम डा.सुन्दरमणि दीक्षितको सभापतित्वमा भएको थियो, कार्यक्रम सञ्चालन कवि पारू तिमिल्सिनाले गरेकी थिइन् ।
पुस्तकका सर्जक डा. सुरेन्द्र केसीको अभिव्यक्तिमात्र होइन, पुस्तकका विषयमा पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनी र इतिहासविद् प्राध्यापक त्रिरत्न मानन्धरको समीक्षा चित्ताकर्षक थियो । डा.सुरेन्द्र के.सी.का सहपाठी तथा पूर्व उपप्रम डा.भीम रावलले डा.के.सी.लाई शुभकामना दिंदै देशको राजनीतिको जुन समीक्षा गरेका थिए, त्यसबाट देशको अवस्था टीठलाग्दो भएको निष्कर्ष थियो । पूर्व राजदूत, पूर्व सचिव, बुद्धिजिवी, सहित्यकार, कलाकार तथा पत्रकार र संचारकर्मीहरूको ब्यापक उपस्थिति रहेको कार्यक्रममा डा. सुरेन्द्र के.सी.को जीवनसाथी सविता बस्नेत के.सी.ले धन्यवाद दिएकी थिइन् ।