Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्यो नैतिकिता, यो अनैतिकता

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

त्यो नैतिकिता, यो अनैतिकता

काठमाडौं । लोकतन्त्रको जननी बेलायतमा त्यो नैतिकता, त्यही पद्धति अनुकरण गर्ने नेपालमा यतिसम्मको अनैतिकता । बेलायत किन सफल छ, नेपाल किन असफल भयो ? यस विषयमा आत्ममिमांसा गर्ने बेला भएन र ?
बेलायतको संसदको ६५० सिटमा लेबर पार्टीले ४१२ भन्दा बढी सिट जित्यो । स्पष्ट बहुमत पायो । केयर स्टारमर प्रधानमन्त्री बने । १४ वर्षपछि लेबर पार्टी सत्तामा पुग्यो । प्रधानमन्त्री केयरले तत्कालै जनतालाई संवोधन गरे, परिवर्तनको सुरूआत हुने जानकारी दिए । सत्ताधारी कन्जरभेटिभ पार्टीका सबैजसो ठूला नेतालाई जनताले पराजीत गरिदिए । यद्यपि प्रम पदमा बसेर ऋषि शुनकले भने चुनाव जितेका छन् ।
आज चुनाव, भोलिपल्टै नतिजा । चुनावको नतिजा आउनासाथ प्रम शुनकले पदबाट राजीनामा दिए, चुनाव जितेका केयरले शपथग्रहण गरे । कुनै बखेडा झिकेनन्, आरोप प्रत्यारोप पनि भएन ।
चुनाव हारेको भोलिपल्टै राजीनामा दिएर प्रधानमन्त्री दैनिकी गुजारा चलाउन आफै बजार गएको दृश्य कति स्वभाविक छ । राजनीति समाज बदल्ने, देश बलियो पार्ने पद्धति हो भन्ने दृश्य हो यो । नेपाली नेता आर्यघाट पुग्दासम्म सत्ता छाड्न चाहदैनन् । लोकतन्त्र त आयो, लोकनेता र लोकमा समयानुसारको रूपान्तरण आउन सकेन । उही भ्रष्टाचार, उही अनैकिता, उही अनियमितता, उही राजनीतिको अपराधिकरणा । यसरी यो पद्धति अब टिक्न सक्दैन ।
नेपालमा कुनै प्रधानमन्त्रीले यसरी साधारण जीवन बिताएका छन् । कुनै नेता यसप्रकारको सरल छन् । नेता भनेपछि तिनका पछाडि दर्जनौं सुरक्षाकर्मी, दर्जनौं दास मनोवृत्तिका कार्यकर्ता हुनैपर्ने । भोलि फेरि सत्तामा गएपछि लाभ हुन्छ भनेर ¥याल चुहाउँदै जी हजुरी गर्नेको भीड देखिनैपर्ने । सत्तामा हुन्जेल लुट्ने, सत्ता र पदबाट निस्कनासाथ राज्यकोषबाट भत्ता र सुविधा लुड्याउनै पर्ने । नेपालमा लोकतन्त्र लुटतन्त्र बन्नुको कारण नै राजनीतिमा नैतिकहीनता हो ।
लोकतन्त्र वेष्ट मिनिष्टर पद्धति मानिन्छ । यो पद्धतिमा सबैभन्दा महत्व चरित्रको, निष्ठाको, सिद्धान्तको, नैतिकताको हुन्छ । बेलायतमा संविधान छैन तर नैतिक धरातल यति बलियो छ कि जनताको आदेशलाई राजनीति गर्नेहरूले सर्वोपरि ठान्छन्, जनादेशलाई सर्वोपरि मान्छन् । यसकारण लोकतन्त्र लोकजीवन बनेको छ ।
नेपालमा लोकतन्त्र लूटतन्त्र बनेको छ । न सिद्धान्त, न निष्ठा, न नैतिकता, न लोकलज्जा नै छ । लोक भनेका पैसा बाँडेपछि आफ्नो बनाउन सकिन्छ भन्ने धारणा बिकसित भएको छ । लोकलाई थाहा छ, नेता बदमास छन्, बदमासी गर्छन् । तर गरिबी र लोभलाचका कारणले चुनावका बेलामा मासुभात खाएर र खर्च लिएर मत दिन्छन्, मत दिएपछि पुर्पुरोमा हात राखेर पछुताउँछन् ।
बदमासी नेताले गर्छन् । बदमासीप्रति पार्टीभित्र वा समाजका विवेकी बोल्दैनन् । समाजका विवेकीहरू चूप लाग्छन् । नागरिक समाज मौन रहन्छ । देख्दैनन्, सुन्दैनन, बोल्दैनन् । केहीवर्ष अघि चितवनमा ध्रुवे हात्ती आतङ्क फैलिएको थियो । लोकतन्त्रमा नेता चुनाव जितेपछि सत्ता र शक्तिमा जान्छन्, आतङ्क फैलाइरहन्छन्  । लोकले के भन्लान् भन्ने भय कुनै नेतामा पनि देखिदैन । प्रत्येक पार्टी नेतृत्वबाट हुर्मत लुटिएको लोकतन्त्र नेपालमा कायम छ । यो सहज स्थिति होइन । १७ वर्षमा १४ सरकार, राजनीतिमा कतिसम्मको अराजकता  होला, देशमा अस्थिरता कति भयावह होला । असारे वर्षा र बाढी पहिरोको कोलाहल भन्दा डरलाग्दो छ राजनीति । हरेक दलभित्र नियत र नैतिकता मरेको छ । नियत र नैतिकता मरेपछि लोकतन्त्र कसरी जिवन्त देखिन्छ र ? लोकतन्त्रलाई लोकजीवन बनाउने कसरी ? यो प्रश्न उठाउने, जनता जगाउने र खबरदार गर्ने जिम्मेवार को छन् ?