Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चारवटा निर्माण कम्पनी कालोसूचीमा

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

चारवटा निर्माण कम्पनी कालोसूचीमा

विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । उक्त चार निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।    

खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो । कालोसूचीमा पर्ने कम्पनीहरूमा बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिङ काठमाडौँलगायत रहेका छन् ।

उक्त निर्माण कम्पनीहरुलाई दुई वर्षदेखि ६ महिनाका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयको सूचनामा उल्लेख गरिएको छ । कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ ।