Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारीदै

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारीदै

हरेक वर्ष झैं यसवर्ष पनि आज हरिशयनी एकादशीको अवसरमा घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म विशेष पूजा आराधना शुरू हुँदै छ । जेठ शुक्ल एकादशीमा राखिएको तुलसी दलको बिरुवा आज मोठमा सारि विशेष पूजा आराधना शुरू गरिएको हो ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ भने आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिने परम्परा रहेको छ । हरिशयनी एकादशी देखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमासा समेत भन्ने गरिन्छ ।

वर्ष भरिमा २४ वटा एकादशी पर्ने र सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गरेको पाईन्छ ।

आज हरिशयनी एकादशीको अवसरमा काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।