Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चितवनमा एक वर्षमा ४४५ सवारी दुर्घटना हुँदा ११५ जनाको मृत्यु

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

चितवनमा एक वर्षमा ४४५ सवारी दुर्घटना हुँदा ११५ जनाको मृत्यु

चितवनमा एक वर्षको अवधिमा ४ सय ४५ सवारी दुर्घटना १ सय १५ जनाको मृत्यु भएको छ । २०८० साउनदेखि २०८१ असारसम्मको अवधिमा चितवनमा भएको दुर्घटनामा उक्त मानवीय क्षति भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार ती दुर्घटनामा परी ८ सय ३२ जना घाइते भएको बताईएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ९२ जना पुरुष, १९ जना महिला र ४ बालक रहेका छन् । जिल्लाका भित्री सडकमा एक वर्षमा २५० सवारीसाधन दुर्घटना भएको र भित्री क्षेत्रका सडक दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने ३ सय ८२ जना घाइते भएका छन् ।  

त्यस्तै पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गमा भएका ९६ दुर्घटनामा २६ जनाको मृत्यु र २ सय ४ जना घाइते भएका थिए । यता नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ५५ दुर्घटनामा २१ जनाको मृत्यु भएको र १ सय ५१ जना घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी पृथ्वी राजमार्गअन्तर्गत चितवनमा पर्ने सडकखण्डमा भएका १८ सवारी दुर्घटनामा १० जनाको मृत्यु र ६२ जना घाइते भएका छन् । जिल्लाको सहरी सडकखण्डमा एक वर्षको अवधिमा २६ वटा दुर्घटना हुँदा ८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका थिए ।

चितवन जिल्लामा आव २०७९/८० मा ३०३ सवारीसाधन दुर्घटना भएका थिए । उक्त दुर्घटनाहरुमा ७८ जनाको ज्यान गएको थियो भने ५ सय ८१ जना घाइते भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।