Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुगुमा ३.९ रेक्टरको भूकम्प गयो

०२ बुधबार , श्रावण २०८१३ महिना अगाडि

मुगुमा ३.९ रेक्टरको भूकम्प गयो

मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान पौने पाँच बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यसअघि जेठ २२ गते दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने जेठ २४ गते बिहान ७ बजेर ३८ मिनेटमा जाजरकोटमा भूकम्प गएको थियो । त्यसपछि असार ८ गते दार्चुलामा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो भने असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

२०७२ सालको बैशाख १२ गते गएको विनासकारी भूकम्प पछी नेपालमा साना भूकम्प जाने क्रम निरन्तर जारी रहेको छ ।