Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सञ्चय कोषको ब्याजदर परिवर्तन

०१ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

सञ्चय कोषको ब्याजदर परिवर्तन

कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदर परिमार्जन गरेको छ । कोषले आजदेखि लागू हुने गरी सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने ब्याजदर घटाएको हो । परिवर्तित ब्याजदरअनुसार सञ्चय कोष र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर पाँच दशमलब पाँच शून्य प्रतिशत कायम भएको छ ।

सञ्चयकर्ता सापटीहरुमा कोषले लिने वार्षिक ब्याजदरमा विशेष सापटीमा छ दशमलब छ शून्य प्रतिशत, घर, शैक्षिक र घर मर्मत सापटीमा सात दशमलब पाँच शून्य प्रतिशत र जग्गा खरिद र सरल सापटीमा आठ दशमलब शून्य प्रतिशत निर्धारण गरिएको छ । कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा शून्य दशमलब दुई पाँच प्रतिशत बिन्दुले रिवेट (छुट) दिने जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चय कोष र निवृत्तभरण कोष रकममा सात दशमलब पाँच प्रतिशत ब्याजदर दिएको कोषले विशेष सापटीमा आठ दशमलब छ शून्य प्रतिशत, घर, शैक्षिक र घर मर्मत सापटीमा नौं दशमलब दुई पाँच प्रतिशत र जग्गा खरिद र सरल सापटीमा नौं दशमलब सात पाँच प्रतिशत ब्याज कायम गरेको थियो ।