Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनको मूल्य तोलाको झन्डै डेढ लाख

०१ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

सुनको मूल्य तोलाको झन्डै डेढ लाख

सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै तोलाको झन्डै डेढ लाख पुगेको छ । नेपाली बजारमा आज सुनको भाउ बढेर डेढ लाखको हाराहारीमा पुगेको हो । आज साउन महिनाको पहिलो दिन १ गते तर, साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

हिजो सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ  ।