Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मूल्य तोलाको झन्डै डेढ लाख

०१ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

सुनको मूल्य तोलाको झन्डै डेढ लाख

सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै तोलाको झन्डै डेढ लाख पुगेको छ । नेपाली बजारमा आज सुनको भाउ बढेर डेढ लाखको हाराहारीमा पुगेको हो । आज साउन महिनाको पहिलो दिन १ गते तर, साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

हिजो सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ  ।