Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

साउन लागेसंगै पशुपतिमा दर्शनार्थीको भिड

०१ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

साउन लागेसंगै पशुपतिमा दर्शनार्थीको भिड

आजदेखि साउन महिना सुरु भएको छ भने साउन लागेसंगै पशुपतिमा दर्शनार्थीको भिड लागेको छ । धार्मिक मान्यता अनुसार साउन महिना शिवजीको महिनाको रुपमा मनाउने भएकाले पनि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।  

पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गरेको छ । आजदेखि साउनभरि पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालिएकोमा साउन महिनामा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिएका छन् ।