Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहकारी बचतकर्तालाई सामान लिई दाबी मिलान गर्न आह्वान

०१ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

सहकारी बचतकर्तालाई सामान लिई दाबी मिलान गर्न आह्वान

समस्याग्रस्त घोषित दुई सहकारी संस्थाका बचतकर्तालाई सहकारीका विभिन्न स्थानमा सञ्चालित मार्टका सामान लिएर बचतको दाबी मिलान गर्न  आह्वान गरिएको छ ।

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका बचतकर्तालाई सहकारीका विभिन्न स्थानमा सञ्चालित मार्टका सामान लिएर बचतदाबी फिर्ता लिन आह्वान गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक सूचना प्रकाशित गर्दै मार्टका सामान लिएर बचतदाबी फिर्ता लिन इच्छुक बचतकर्तालाई निवेदन पेश गर्न भनेको छ ।

सूचनामा उल्लेख छ, ‘ती सहकारी संस्थाको लगानीमा देशका विभिन्न स्थानमा गार्डेन मार्ट सञ्चालन गरेको देखिना आएकोले सहकारी ऐन, २०७४ को परिच्छेद १८ को दफा १०६ को खण्ड (ज) बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचबिखन, व्यवस्थापन गर्ने क्षेत्राधिकार यस समितिसक्ष रहेको र सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम दाबी पेश गर्ने सूचनाको आधारमा आधिकारिक रुपमा मात्र दाबी पेश गरेको बचतकर्ता, सरोकारवाल वा अन्य व्यक्तिले सामान लिई आफ्नो बचतदाबी फिर्ता लिन चाहेमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिनुहुन जानकारी गराइन्छ ।’

सहकारीको गार्डेन मार्ट रहेको महानगर, उपमहानगर, नगरपालिका वा गाउँपालिकाको सहकारी शाखामा निवेदन दिनुपर्ने जनाइएको छ । समितिका अनुसार शिवशिखरको १७ वटा र तुलसी सहकारीको चार वटा गार्डेन मार्ट रहेको पाइएको छ ।

जसअनुसार शिवशिखरको भक्तपुरको कमयविनायक, काठमाडौंको कीर्तिपुर, बागलुङ बजार र ढोरपाटन, कास्कीको पोखरा, सुर्खेतको गर्भाकोट र वीरेन्द्रनगर, बाँकेको बैजनाथ र नेपालगञ्ज, दाङको राप्ती र तुल्सीपुर, कञ्चनपुरको भिमदत्त, डडेल्धुराको अमरगढी, चितवनको रत्ननगर र ईच्छाकामना र रुपन्देहीको बुटवलमा मार्ट रहेका छन् ।

यस्तै, तुल्सी सहकारीको झापाको दमक, मोरङको लेटाङ, उदयपुरको त्रियुगा र सिराहाको गोलबजार गरी चाट वटा मार्ट रहेको छ ।