Advertisement Banner
Advertisement Banner

०४ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा इकोसाउन्डरको प्रयोग

३२ सोमबार , असार २०८१३ महिना अगाडि

त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा इकोसाउन्डरको प्रयोग

चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्ड सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशुलीमा बगेको दुईटा बस र त्यसमा सवार यात्रु खोज्न इकोसाउन्डरसहित प्राविधिक उपकरणको प्रयोग गरिएको छ ।

पहिरोमा परी बेपत्ता भएका बस र यात्रुको खोजीका लागि आजदेखि इकोसाउन्डर डिभाइस ९सोनार० को प्रयोग गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार सशस्त्र प्रहरी बल नेपालले उक्त प्रविधिको प्रयोग गरी अहिले खोजी कार्य जारी राखेको छ । सोनारले तीन सय मिटर गहिराईसम्मको वस्तुहरुको अवस्थालाई डिस्प्लेमार्फत जानकारी दिने प्राधिकरणको भनाइ छ ।

गत शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस त्रिशुलीमा बगेको थियो ।

एन्जल डिलक्समा २४ र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको टिकट विवरणअनुसार देखिएपनि चलानमा उल्लेख भएभन्दा एक दर्जन बढी यात्रुका आफन्तहरुले विवरण टिपाएका छन् ।

शुक्रबारदेखि नै बेपत्ता बस र यात्रुको खोजी भइरहेपनि अहिलेसम्म केही अत्तोपत्तो छैन । हालसम्म १३ जनाको शव फेला परेको छ । जसमध्ये पाँच जनाको सनाखत हुन बाँकी नै छ । दुर्घटना हुँदा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।