Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

३२ सोमबार , असार २०८१२ बर्ष अगाडि

साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । 

प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव लिलाप्रसाद ढकालले जानकारी दिएका छन् ।

कर्णाली प्रदेशले साउन १ गते देउडा पर्वको अवसरमा प्रदेश भित्रका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे बताइएकाे छ । 

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठककाे निर्णयअनुसार बिदा दिइएको हो ।